बेथानचोकमा एमाले छोडेर ३२ जना कांग्रेसमा

जेन्जीको छनोटमा कांग्रेसमा
नौलो समाचार संवाददाता
२०८२ माघ २६, सोमबार मा प्रकाशित ३४ पटक पढिएको

बेथानचोकमा एमाले छोडेर ३२ जना कांग्रेसमा

बेथानचोक । बेथानचोक गाउँपालिकाका विभिन्न स्थानमा जेन्जी युवासहित ३२ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । वडा नं ५ को च्यासिङखर्कमा २९ जना र वडा नं ४ को चलालगणेशस्थानमा ३ जना कांग्रेस प्रवेश गरेका हुन् ।

चुनावी कार्यक्रममा बेथानचोक पुगेका काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ का नेपाली कांग्रेस उम्मेदवार मधु आचार्यले टिका लगाएर उनीहरुलाई कांग्रेसमा स्वागत गरेका थिए । लामो समयदेखि नेकपा एमालेमा रहेर राजनीति गरिरहेका कुमार केसी र प्रेमबहादुर तामाङ गोलेको संयुक्त प्रयासमा ती युवाहरु सोमबार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेमा डम्बरबहादुर तामाङ, चन्द्रबहादुर गोले, सोनाम तामाङ, सन्देश तामाङ, अनिल तामाङ, लक्ष्मी लामा तामाङ, साहिँली तामाङ, भीम नेपाली र पदमबहादुर खत्री रहेका छन् । यस्तै सुशीला दमाईँ, धनमाई सुनार, सुकुदेवी नेपाली, रमिला सुनाम र शंकर नेपाली छन् । एमालेको राजनीतिप्रति वितृष्णा जागेर आफूहरु कांग्रेसमा प्रवेश गरेको उनीहरुले बताए ।

यसैबीच नेपाली कांग्रेस काभ्रे क्षेत्र नम्बर २ को चुनावी अभियान तिव्र अघि बढीरहेको छ । पाँचखालबाट शुरु भएको अभियान, बनेपा, भुम्लु हुँदै बेथानचोक पुगेको हो । माघ २७, २८ र २९ गते मण्डनदेउपुर नगरपालिकाका विभिन्न वडामा कार्यक्रम तय भएको कांग्रेस चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस