ज्ञानकुञ्जले छैठौं संस्करणको रोड रेस प्रतियोगिता गर्ने 

नौलो समाचार संवाददाता
२०८३ बैशाख १५, मंगलबार मा प्रकाशित १९७ पटक पढिएको

ज्ञानकुञ्जले छैठौं संस्करणको रोड रेस प्रतियोगिता गर्ने 

बनेपा / ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले २०८३ वैशाख २६ गते छैठौं संस्करणको ज्ञानकुञ्ज रोड रेस प्रतियोगिता गर्ने भएको छ ।

आयोजक प्रतिष्ठानले मंगलबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।

माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएर बसेका बालबालिका लक्षित कार्यक्रम छात्रातर्फ ३ दशमलव ६ किलोमिटर र छात्रतर्फ ७ किलोमिटर दौड प्रतियोगिता हुने प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले जानकारी दिए । पाँचौं संस्करणमा २ सय ५० जना बिद्यार्थी सहभागी थिए । गतवर्ष भन्दा बढी सहभागी हुने आयोजकको अपेक्षा छ ।

छात्रहरुको ७ किलोमिटर दौड पनौतीबाट बनेपा पुरानो बजार हुँदै ज्ञानकुञ्ज स्कुलसम्म हुनेछ भने छात्राहरुको दौड बनेपा तिनदोबाटोबाट शुरु भइ गणेस्थानबाट चण्डेश्वरी मन्दिर पुगि पुरानो बजार हुँदै विद्यालयमा आएर टुंगिनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने प्रवन्ध निर्देशक वैद्यले जानकारी दिए । प्रतियोगिता व्यवस्थित गर्न २०० जना स्वंयमसेवक, सुरक्षाकर्मी समेत परिचालन हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस