प्रहरी कार्यालय पुनर्निर्माणमा सघाउनेलाई सम्मान

नौलो समाचार संवाददाता
२०८३ बैशाख २९, मंगलबार मा प्रकाशित २१८ पटक पढिएको

प्रहरी कार्यालय पुनर्निर्माणमा सघाउनेलाई सम्मान

बनेपा / गत भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा तोडफोड गरिएको ईलाका प्रहरी कार्यलय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यलय बनेपा पुनर्निर्माणमा सघाउने व्यक्ति र संघसंस्थालाई बनेपामा सम्मान गरिएको छ ।

काभ्रे उद्योग वाणिज्य संघको संयोजकत्वमा गठित पुनर्निर्माण समितिले उनीहरुलाई सम्मान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रहेका प्रहरी उपरिक्षक कोमल शाह, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष सुरकृष्ण वैद्य, केन्द्रीय सदस्य प्रकाश मानन्धर, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यलगायतले उनीहरुलाई सम्मानपत्र प्रदान गर्दै खादा लगाएका थिए ।

काभ्रे उद्योग वाणिज्य संघको समन्वयमा ती व्यक्ति र संस्थाले कार्यालय पुनर्निर्माणका लागि नगदका साथै अत्यावश्यक सामान उपलव्ध गराएका थिए ।

जिल्ला प्रहरी प्रमुख एसपी शाहले सहयोग प्रति आभार प्रकट गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष सुरकृष्ण वैद्यले जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मी नै संकटमा रहँदा शान्ती सुरक्षा कायम हुन नसक्दै भन्दै सहयोग गर्नु सबैको दायित्व भएको बताए ।

काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यले सामाजिक उत्तरदायित्व सम्झेर सहयोगका लागि समन्वय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस