खनालथोक/ नमोबुद्ध नगरपालिकाको वडा नं ७ लाई ‘बालमैत्री वडा’ घोषणा गरिएको छ ।
बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ वटा सूचक पूरा गरेपछि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले बालमैत्री वडा घोषणा गर्दै वडा अध्यक्ष धर्म सिं तामाङलाई प्रमाणपत्र हस्तान्तरण गरे ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुगमन गरेर जेठ ५ गते बालमैत्री वडा घोषणाका लागि स्वीकृति प्रदान गरेको थियो ।
बालमैत्री घोषणा हुने वडा नं ७ नमोबुद्धको चौथो वडा हो । यस अघि वडा नं १, ८ र ११ बालमैत्री वडा घोषणा भइसकेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले नमोवुद्ध नगरपालिकाले क्रमशः बालमैत्री वडा घोषणा गर्दै गएकोमा खुसी व्यक्त गर्दै यो निरन्तर प्रक्रियामा सबै सरोकारवालाहरु लाग्नुु पर्ने धारणा राखे ।
बालअधिकार समितिका संयोजक एवं नगर उप–प्रमुख रत्नबहादुुर लामाले सबै वडालाई बालमैत्री बनाउने प्रतिवद्धता जनाए । प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नगरपालिकाका सबै वडा बालमैत्री बनाउन प्राविधिक कार्यका लागि आफुु सधै सकात्मक रहेको र अन्य वडामा पनि यसैगरी वडा घोषणा हुँदै जाने बताए । वडा नं १० का वडा अध्यक्ष रामकृष्ण उपाध्यायले नगरपालिका नै बालमैत्री बनाउनको लागि सबैजना लागि परेको र आगमी वर्षपनि क्रमशः वडा घोषणा हुँदै जाने बताए ।
महिला बालबालिका शाखा प्रमुख तारा सुनुवारले बालमैत्री घोषणा पूूर्वका विभिन्न चरणहरु पार गर्नु पर्नेमा सबै चरण पार गरिसकेको र नमोवुद्ध नगरका सम्पूूर्ण वडाहरु घोषणाको चरणमा पुुगेको जानकारी दिइन् ।
कार्यक्रममा बालमैत्री वडा घोषणा गर्न सहयोग गर्ने बाल क्लव, विद्यालय, स्वास्थ्य स्वयंसेविका लगायतका सरोकारवालाहरूलाई सम्मान सहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस