बीपी राजमार्गको सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु (घाइतेहरूको विवरणसहित)

नौलो समाचार संवाददाता
२०८३ जेष्ठ २९, शुक्रबार मा प्रकाशित १९८ पटक पढिएको

बीपी राजमार्गको सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु  (घाइतेहरूको विवरणसहित)
नमोबुद्ध नगरपालिका वडा न. २, सेल्फीडाँडास्थित दुर्घटनास्थल । तस्वीर : विदुर बर्तौला ।

धुलिखेल / बीपी राजमार्गअन्तर्गत काभ्रपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा न. २ स्थित सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रे सूचना अधिकारी रहेका प्रहरी नायब उपरिक्षक (डीएसपी) रविन बिष्टका अनुसार, ८ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । सनाखत अझै हुन नसकेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार, मृतक ४ पुरुष र ४ महिला छन् ।

बनेपाबाट रोशी गाउँपालिका वडा नं ६ सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको यात्रुबहाक बस बीपी राजमार्गको सेल्फीडाँडा खण्डबाट करिब ५ सय मिटर तल खसेको थियो । यात्रुका अनुसार, अर्को सवारीसाधनलाई साइड दिने क्रममा बस खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सेल्फीडाँडामा भएको बस दुर्घटनामा घाइतेहरूको विवरण

१. जिल्ला काभ्रे रोशी गा.पा. ८ बस्ने बर्ष २२ की एनिशा तामाङ, हात खुट्टामा चोट, अवस्था मध्यम
२. काभ्रे रोशी गा.पा. ६ बस्ने बर्ष २० की बिष्णु डोल्मो तामाङ, निधार,नाक,र पेटमा चोट, अवस्था मध्यम
३. काभ्रे रोशी गा.पा. ६. बस्ने बर्ष ६० को धन बहादुर तामाङ, टाउको अनुहरमा चोट, अवस्था मध्यम ।
४. काभ्रे रोशी गा.पा. ६. बस्ने बर्ष ३० को चन्द्र तामाङ, निधार,हात खुट्टामा चोट, मध्यम ।
५. काभ्रे रोशी गा.पा. ६. बस्ने बर्ष १८ की रमिता वाइवा, अनुहार र देब्रे खुट्टामा चोट, मध्यम ।
६. काभ्रे रोशी गा.पा. ६. बस्ने बर्ष ४० को मनब तामाङ, टाउको, अनुहार र ढाडमा चोट, मध्यम ।
७. काभ्रे रोशी गा.पा. ७ बस्ने बर्ष ६० को डम्बर बहादुर शाह,टाउको, दाहिने हात र खुट्टामा चोट गम्भीर ।
८. काभ्रे  रोशी गा.पा. ८ बस्ने बर्ष ४३ को कृष्ण बहादुर तामाङ, टाउको, मुख र दाहिने कोखामा चोट, मध्यम ।
९. जिल्ला बर्दिया बाह्र बर्दिया न.पा. १२ बस्ने बर्ष २५ को सुरेश बहादुर बादी, निधार,दाहिने खुट्टामा चोट, मध्यम ।
१०. जिल्ला काभ्रे बनेपा न.पा. ३ बस्ने बर्ष ३४ को घोया सिंह तामाङ, दाहिने खुट्टा फ्याक्चर, दाहिने हातमा चोट, मध्यम । (चालक)
११. काभ्रे जिल्ला रोशी गा.पा. २ बस्ने बर्ष ६२ की बिष्णुमाया लामा, टाउकोमा चोट, मध्यम ।
१२. काभ्रे जिल्ला तेमाल गा.पा. ८ बस्ने बर्ष ४३ को मनुराज तामाङ, टाउको,गर्दन, छातिमा चोट, मध्यम ।
१३ काभ्रे जिल्ला रोशी गा.पा. ६ बस्ने बिबि माया तामाङको छोरा बर्ष ४ को सुबाश तामाङ, देब्रे खुट्टामा चोट, मध्यम ।
१४. काभ्रे जिल्ला रोशी गा.पा. ६ बस्ने बस्ने मृतक सुमि लामाको  छोरा  १८ महिनाको उग्रेन लामा, टाउकोमा चोट, मध्यम ।
१५. जिल्ला काभ्रे रोशी गा.पा. ६ बस्ने बर्ष ७७ को सार्कीमान लामा, टाउको र छातिमा चोट, गम्भिर ।
१६.  काभ्रे जिल्ला रोशी गा.पा. ६ बस्ने बर्ष २२ की बिबिमाया तामाङ, टाउकोमा,शरिरको बिभिन्न भागमा चोट, अवस्था गम्भिर  ।

 

स्रोत: जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक






प्रतिक्रिया दिनुहोस