महोत्तरीमा दुई पुस्तक विमोचन: बिक्रीको रकम सामाजिक कार्यमा उपयोग गरिने

नौलो समाचार संवाददाता
२०८३ अषाढ ६, शनिबार मा प्रकाशित १९ पटक पढिएको

महोत्तरीमा दुई पुस्तक विमोचन: बिक्रीको रकम सामाजिक कार्यमा उपयोग गरिने

महोत्तरी / प्रा. डा. चन्दा कार्की भण्डारी, प्रा. डा. सुमनराज ताम्राकार र प्रा. डा. हिरा तुलाधर  को सहलेखनमा तयार पारिएको चिकित्सा शास्त्र सम्बन्धी पुस्तक इसेन्सियल इन्स्ट्रुमेन्ट ईन अब्सटेट्रिक्स एन्ड गाईनेकोलोजी (Essential Instruments in Obstetrics and Gynecology) र प्रा. डा. चन्दा कार्की भण्डारीद्वारा लिखित कविता सङ्ग्रह छचल्किएका भावनाहरु संयुक्त रूपमा लोकार्पण गरिएको छ ।

शिवचन्द्र स्मृति प्रतिष्ठान, महोत्तरीको आयोजनामा सम्पन्न एक विशेष समारोहका बीच ती पुस्तक लोकार्पण गरिएको हो ।

डा. बेनु बहादुर कार्की, प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्की, डा. सपना अमात्य, प्रतिनिधि सभा सदस्य कामिनी चौधरी र पूर्व सांसद बिन्ध्यबासिनी कंसाकारले संयुक्त रूपमा लोकार्पण गर्दै विमोचित पुस्तकहरूले समाज र चिकित्सा क्षेत्रमा पार्ने सकारात्मक प्रभावबारे चर्चा गरे ।

प्रा. डा. चन्दा कार्की भण्डारीले आफ्ना दुवै पुस्तकको भाव, पृष्ठभूमि र उद्देश्यबारे प्रष्ट पारिन् ।  त्यस्तै, सहलेखकहरू किस्ट मेडिकल कलेजका प्रा. डा. हिरा तुलाधर र धुलिखेल अस्पतालका प्रा. डा. सुमनराज ताम्राकारले चिकित्सा सम्बन्धी पुस्तक लेखनका क्रममा भएका अनुभवहरू साटासाट गरे । कार्यक्रममा प्रा. डा. सानुमैयाँ दली, प्रा. डा. सरस्वती पाध्ये र प्रा. डा. भन्दा रिजाल प्रतिष्ठानका उपाध्यक्ष राजन सिंह भण्डारीलगायतले कृतिको सफलताको कामना गर्दै शुभकामना व्यक्त गरे ।

विमोचित पुस्तकहरूको बिक्रीबाट सङ्कलन हुने सम्पूर्ण रकम शिवचन्द्र स्मृति प्रतिष्ठानमार्फत सञ्चालन गरिने विभिन्न सामाजिक कार्यहरूमा प्रयोग गरिने समारोहमा जानकारी दिइयो ।

 

प्रतिक्रिया दिनुहोस