आर्थिक वर्ष २०८३/८४ को लागी रोशी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

नौलो समाचार संवाददाता
२०८३ अषाढ ३०, मंगलबार मा प्रकाशित ९३ पटक पढिएको

आर्थिक वर्ष २०८३/८४ को लागी रोशी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

अमलटार / आर्थिक वर्ष २०८३/८४ को लागी रोशी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित भएको छ ।

मङ्गलबार सम्पन्न गाउँसभाको १९औँ अधिवेशनको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित गरेको हो।

असार १० गते भएको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष दिनेश लामाले वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष मिमबहादुर वाइबा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७२ करोड ९९ लाख ४२ हजार रुपैयाँ बराबरको आय र व्ययको अनुमान (बजेट) प्रस्तुत गरेका थिए ।

दोस्रो बैठकले आर्थिक विधेयकका साथै प्रवक्ता बसन्तकुमार तामाङले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति संयोजक धनजीत लामाले पेश गरेको अनियमित बेरुजुलाई नियमित गर्ने सम्बन्धी प्रस्ताव र न्यायिक समितिको वार्षिक प्रगति प्रतिवेदन समेत सर्वसम्मतिले पारित गरेको छ।

बैठकले रोशी गाउँपालिकाको वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ र लैङ्गिक हिंसा, मानव वेचविखन तथा ओसारपसार र घरेलु हिंसाका पीडितहरूको संरक्षणको लागि कोष र केन्द्र स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ पनि सर्वसम्मतिले पारित गरेको छ।






प्रतिक्रिया दिनुहोस