लुटिएको भनिएको बोधिचित्त मालाको खरिद बिक्री नियमसंगत

लुटिएको भनिएको माला खरिदकर्ता रमेश लामाले १० लाख रुपैयाँमा किनेपनि विवादपछि रोशी गाउँपालिका वडा नं ८ को कार्यालयमा नै बुझाइसकेको बताए ।
नौलो समाचार संवाददाता
२०८३ श्रावण ८, शुक्रबार मा प्रकाशित ३७२४ पटक पढिएको

लुटिएको भनिएको बोधिचित्त मालाको खरिद बिक्री नियमसंगत

खार्पाचोक/ रोशी गाउँपालिका वडा नं ८, खार्पाचोकमा विवाद भएको भनिएको बुद्धचित माला प्रकृयागत रुपमा खरिद गरिएको पाइएको छ । करारनामा गर्ने ४ जना मध्ये २ जनाले दाना टिप्न अनिच्छा देखाएपछि सम्झौता गर्ने मध्येकै अरु २ जनाले बोटधनीको सहमतिमा वडा कार्यालयमार्फत राजस्व तिरेर खरिद गरिएको प्रमाण पेश गरेका छन् ।

घटना विवरण अनुसार, काभ्रेपलाञ्चोक जिल्ला साबिक खार्पाचोक गा.वि.स. वडा नं.९ हाल रोशी गाउँपालिका वडा नं. ८ बस्ने इन्द्र बहादुर ज्यु ठकुरीको छोरा कुल बहादुर ज्यु ठकुरीको हक भोकमा रहेको कित्ता नं. ३२६ र ३२९ मा रहेको बुद्दचित्तको फलदाना माला रोशी गाउँपालिका वडा नं ६ का राजकुमार तामाङ, वडा नं ९ का राजकुमार लामा, तेमाल गाउँपालिका वडा नं ६ का राजकुमार तामाङ र रोशी गाउँपालिका वडा नं ८ का रवि लामाको समुहले सात लाख पचास हजार खरिदविक्री गर्ने करार सम्झौता भएको थियो ।

तर, बुद्दचित्त माला छिपिसक्दा पनि फलदाना टिप्नको लागि तेमाल गाउँपालिका वडा नं ६ निवासी राजकुमार तामाङ र रोशी गाउँपालिका वडा नं ६ का राजकुमार तामाङलाई बारम्बार सम्पर्क गर्दा खासै चासो नदेखाएकोपछि रोशी वडा नं ९ का राजकुमार लामा र वडा नं ८ का रवि लामाले वडा कार्यालयमा निवेदन दिएर ३७ हजार ५ सय निकासी कर तिरेर बोटधनीको सहमतिमा दाना टिपेका हुन् । राजकुमार र रविले रोशी गाउँपालिका वडा नं ९ का रमेश लामालाई १० लाख रुपैयाँमा माला विक्री गरेका थिए ।

रोशी गाउँपालिका वडा नं ८ का अध्यक्ष जितबहादुर लामाले करार गर्ने मध्येकै २ जनाले खरिद गर्न आएको र वडामा आधिकारिक रुपमा कर तिरेको बताए । ‘साझेदारविच केही विवाद भए हामीलाई थाहा भएन, उहाँहरु मिल्नुहोला । लुटेको होइन, उहाँहरुले बकाइदा कर तिरेर लगेको छ,’ यता, लुटिएको भनेर प्रचार भएको माला खरिदकर्ता रमेश लामाले वडा कार्यालयमा नै बुझाइदिएका छन् ।

बुद्दचित्त माला खरिद प्रकरणमा साझेदार बीच नै कुरा नमिल्दा यस्ता घटना सार्वजनिक हुँदै आएका छन् । तेमाल गाउँपालिका वडा नं ६ का राजकुमार तामाङ र सोही वडाका वाङदेन् लामा, टेन्सन भन्ने डेनी तामाङ र सिजन लामा सिन्धुलीको बुद्दचित्त माला लुटपाट प्रकरणमा मुछिएका थिए ।






प्रतिक्रिया दिनुहोस