कक्षा १२ उतिर्ण ६ सय ६५ विद्यार्थीलाई बेलरले गर्यो बिदाई

नौलो समाचार संवाददाता
२०८३ श्रावण ९, शनिबार मा प्रकाशित १२६ पटक पढिएको

कक्षा १२ उतिर्ण ६ सय ६५ विद्यार्थीलाई बेलरले गर्यो बिदाई

धुलिखेल / बनेपास्थित बेलर इन्टरनेशनल एकेडेमीले कक्षा १२ उत्तीर्ण ६ सय ६५ विद्यार्थीलाई बिदाइ गरेको छ ।

बेलरमा विज्ञान संकायतर्फ फिजिक्स, वायोलोजी, कम्प्युटर साइन्सका साथै व्यवस्थापन संकायतर्फ होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम, कम्प्युटर साइन्स पढाइ हुन्छ ।

कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, नियमित उपस्थित हुने विद्यार्थीका साथै अनवरत रुपमा कार्यरत शिक्षकहरूलाई सम्मान गरिएको थियो । व्याच टपर नम्रता तिवारी, साइन्स टपर आशिका सुवाल, कक्षा ११ र १२ मा सतप्रतिशत उपस्थित बीरबल पोटेलाई नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य होमप्रसाद घिमिरे, विद्यालय सञ्चालक समितिका अध्यक्ष भोला थापा, प्रिन्सिपल इन्दु थापालगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य घिमिरेले बर्सेनी विदेशिने विद्यार्थीको संख्या प्रति चिन्ता गर्दै नेपालमा नै अध्ययन गर्न १२ उत्तीर्ण विद्यार्थीहरुलाई अनुरोध गरे । निरन्तरताले नै सफलता मिल्ने भन्दै उनले मिहेनत गर्न अनुरोध गरे ।

कार्यक्रममा नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बनेपाका अध्यक्ष महेन्द्र विष्ट , पनौती अध्यक्ष रामचन्द्र देउजा, डीभाइनलाइट सेकेन्डरी बोर्डिङ इङ्लिस स्कुलका प्रिन्सिपल गोपालबहादुर कार्की, कक्षा १२ उतिर्ण विद्यार्थी रजिता श्रेष्ठ, आशिका सुवाललगायतले शिक्षा क्षेत्रमा वेलरले खेलेको भूमिका र उच्च शिक्षा बारे चर्चा गरे ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष भोला थापाले २ दशक अघि काभ्रेपलाञ्चोकलाई शैक्षिक हव बनाउने उद्देश्यले गुणस्तरीय विद्यालयको आवश्यकता पूरा गर्न बेलर स्कुल स्थापना गरिएको स्मरण गरे ।

विद्यार्थीहरुले विविध सास्कृतिक नृत्य, कला प्रस्तुत गरेका थिए ।






प्रतिक्रिया दिनुहोस