काभ्रे मोबाइल व्यवसायी संघमा मधुर दाहालको नेतृत्व

नौलो समाचार संवाददाता
२०८३ श्रावण १७, आईतबार मा प्रकाशित १२७ पटक पढिएको

काभ्रे मोबाइल व्यवसायी संघमा मधुर दाहालको नेतृत्व

धुलिखेल / काभ्रे मोबाइल व्यवसायी संघमा मधुर दाहालको नेतृत्वमा कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

संघको प्रथम साधारण सभा एवं अधिवेशनले उपाध्यक्षमा पूर्णराम तुलाधार, सचिवमा पवनराज कर्णजित, कोषाध्यक्षमा दामोदर चौलागाई, सह–सचिवमा उत्सव ढुंगाना, सह–कोषाध्यक्षमा बेदप्रसाद तिमल्सेना र सदस्यहरुमा सन्दिप अधिकारी, दिवाकर अधिकारी र प्रतिमा पौडेल सापकोटा निर्विरोध निर्वाचित गरेको छ ।

साधारणसभाको उद्धघाटन समारोहमा नेपाल मोबाइल व्यवसायी महासंघ का अध्यक्ष रमेशकुमार घिमिरे, महासचिव छतेन्द्र आचार्य, बाग्मती प्रदेश अध्यक्ष एशिस रिजाल, नेपाल मोबाइल वितरक संघका अध्यक्ष रघु त्रिपाठी, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोद न्यौपाने, बि.एन. ट्रेडर्सका सञ्चालक विष्णु न्यौपाने, नेपाल मोबाइल व्यवसायी महासंघ, काठमाडौं जिल्ला अध्यक्ष जनक बस्नेत, काभ्रे मोबाइल व्यवसायी संघका अध्यक्ष सत्य श्रेष्ठ, उपाध्यक्ष प्रेम दाहाल, सचिव पवनराज कर्णजित, कोषाध्यक्ष मधुर दाहाल लगायतले सूचना प्रविधीको युगमा मोबाइल र संलग्न व्यवसायका चुनौती र अबसरबारे चर्चा गरेका थिए ।

कार्यक्रमममा सहभागी व्यवसायीलाई आन्तरिक राजस्व कार्यालय, धुलिखेलबाट कर सचेतना र जिल्ला प्रहरी कार्यालय, धुलिखेलबाट सुरक्षा सचेतनाबारे अभिमुखिकरण गराइयो ।






प्रतिक्रिया दिनुहोस