रोटरी क्लब अफ पनौतीका अध्यक्ष राजेश सुन्दर सैंजुको कार्यसमितिले गर्यो पदस्थापन

नौलो समाचार संवाददाता
२०८३ श्रावण २९, शुक्रबार मा प्रकाशित ५१ पटक पढिएको

रोटरी क्लब अफ पनौतीका अध्यक्ष राजेश सुन्दर सैंजुको कार्यसमितिले गर्यो पदस्थापन

पनौती / रोटरी क्लब अफ पनौतीले रोटरी वर्ष २०२६/२७ का लागि राजेश सुन्दर सैंजुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिमा निवर्तमान अध्यक्ष यतिराज अधिकारी, भावी अध्यक्ष कृष्ण प्रसाद सैंजु, आगामी अध्यक्ष इन्द्रमणि तिमल्सिना, उपाध्यक्ष सुबेश ताम्राकार, सचिव मनिष भाइला, कोषाध्यक्ष मधुसुधन गुरागाईं,सर्जेन्ट एट आर्मस् लीलानाथ सापकोटा छन् । निर्देशकहरुमा ई. सितु सैंजु (मेम्बरसिप), मणिप्रसाद सापकोटा (पब्लिक ईमेज),डा. नारायण चरण श्रेष्ठ (युथ सर्भिस), दिपा स्याङतान (क्लव प्रशासन), विनोद बजगाईं (द रोटरी फाउन्डेसन), डा. गणेश बन्जारा (सेवा परियोजना) छन् ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गर्भनर बिष्णुबहादुर कार्की, पनौती नगर प्रमुख रामशरण भण्डारी लगायतको समुपस्थितिमा कार्यसमितिको ११ औं पदस्थापन गरिएको हो ।

कार्यक्रममा रोटा वर्ष रोटा वर्ष २०२५/२६ का अध्यक्ष यतिराज अधिकारीले आफ्नो कार्यकालमा भएका काम बारे जानकारी दिए भने रोटा वर्ष रोटा वर्ष २०२६/२७ का अध्यक्ष राजेश सुन्दर सैंजुले आफ्नो कार्यकालको कार्ययोजना प्रस्तुत गरे ।

कार्यक्रममा ‘द्रोण–दुर्गा स्मृति पशु कल्याण सम्मान’ नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर र पनौती नगरपालिका वडा नं ९ स्थित खत्री कृषि फार्मका द्वारिका खत्रीलाई प्रदान गरियो । रोटरी क्लब अफ पनौतीमा नै स्थापित देवसुन्दर स्मृति शैक्षिक सम्मान तिर्थदास कर्माचार्य र देवसुन्दर -पुनदेवी पत्रकारिता सम्मान मदानी बिट डटकम, प्राइम एफएम र चेष्टा साप्ताहिकमा कार्यरत मोतिराम तिमल्सिनालाई प्रदान गरियो । कलाकारिता सम्मान पाल्पाकी लोक तथा दोहोरी गायिका पुनम बस्याललाई प्रदान गरियो ।

कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गर्भनर विष्णुबहादुर कार्कीले आफ्नो कार्यकालमा देखिने, स्मरणीय र प्रभावकारी एक कार्यक्रम गर्न कार्यसमितिलाई अनुरोध गरे । पनौती नगर प्रमुख रामशरण भण्डारी सामाजिक क्षेत्रमा रोटरी क्लवसंग सहकार्य गर्न नगरपालिका तयार रहेको बताए ।

कार्यक्रममा रोटरी क्लब अफ पनौतीका पूर्व अध्यक्ष मधुसुधन गुरागाई, डा. नारायण चरण श्रेष्ठलगायतले रोटरीले सामाजिक क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।






प्रतिक्रिया दिनुहोस