जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले विपद कोषमा सहयोग गर्या १ लाख ५९ हजार ५ सय

नौलो समाचार संवाददाता
२०८३ भाद्र १८, बिहिबार मा प्रकाशित ४५ पटक पढिएको

जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले विपद कोषमा सहयोग गर्या १ लाख ५९ हजार ५ सय

काभ्रेपलाञ्चोक / रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका परिवारको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि जिल्ला सहकारी संघ लि. (डिस्कोफ) काभ्रेपलाञ्चोकले एक लाख उनन्साठी हजार पाँच सय सहयोग रकम प्रदान गरेको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा अकस्मात् आएको बाढीले पुर्‍याएको मानवीय क्षति, धनजनको नोक्सानी तथा भौतिक एवं सार्वजनिक सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संघले उक्त सहयोग गरेको हो ।

संघ अध्यक्ष अमन पोटेका अनुसार, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा संघको संयुक्त योगदानबाट सङ्कलन गरिएको उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिएको छ। सहकारी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै यो सङ्कटको घडीमा मद्दत पुर्‍याइएको संघले जनाएको छ।

संघले एक अपिल जारी गर्दै काभ्रे जिल्लाभित्रका सम्पूर्ण सहकारी संघ/संस्थाहरूलाई आफ्नो आर्थिक क्षमता र सामर्थ्य अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्न आह्वान गरेको छ । सहकारी क्षेत्रको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै विपद्मा परेका नागरिकहरूको पीडामा आ-आफ्नो संस्थाको तर्फबाट सक्दो सहयोग गरी मानवीय कार्यमा सहभागी हुन जिल्लाभरका सहकारी संस्थाहरूलाई अनुरोध गरिएको छ ।






प्रतिक्रिया दिनुहोस