भकुण्डेवेशी / नमाेबुद्ध नगरपालिकाका महिलाहरूले यस वर्षको तीज विशेष कार्यक्रम स्थगन गरी बाढीपीडितको सहयोगका लागि ९१ हजार ३ सय ४५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।
बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग गर्ने उद्देश्यले नमोबुद्ध नगरपालिका महिला, बालबालिका तथा समाजकल्याण उपशाखाको नेतृत्वमा महिला सहकारी संस्थाबाट उक्त रकम संकलन गरिएको उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् । सानो सहयोगले पनि विपद्मा परेका परिवारको पीडामा मलम लगाउन सकिने उद्धेश्यले नगरपालिकाका दिदीबहिनीबाट कोषमा आर्थिक सहयोग उपलब्ध गराएको सुनुवारले बताइन् ।
नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुस्मा महता के.सी.को अध्यक्षतामा महिला जनप्रतिनिधि र महिला सहकारी संस्थाहरूबीच बसेको न्वयात्मक बैठकले तीजको खर्च कटाएर कोषमार्फत पीडितहरूलाई सहयोग गर्ने निर्णय गरेको थियो ।
गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुगेको थियो ।






प्रतिक्रिया दिनुहोस