नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले गरेको रक्तदानमा १ सय १३ पिन्ट रगत संकलन

नौलो समाचार संवाददाता
२०८३ कार्तिक २२, शनिबार मा प्रकाशित ३० पटक पढिएको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले गरेको रक्तदानमा १ सय १३ पिन्ट रगत संकलन

बनेपा / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले गरेको रक्तदानमा १ सय १३ पिन्ट रगत संकलन भएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकको आयोजनामा बनेपा पार्टी भेन्युमा भएको कार्यक्रममा १ सय १३ जनाले रक्तदान गरेको कार्यवहाक जिल्ला सभापति गुणराज मुक्तान जानकारी दिए ।

पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले रक्तदान गर्दै शुरुवात गरेका थिए ।

स्वास्थ्य उपचारका लागि रगतको अभाव देखिएको गुनासो आएकाले अत्यावश्यक रगत तथा रक्त पदार्थको अभाव हुन नदिन रक्तदान गरिएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले जनाएको छ ।

 






प्रतिक्रिया दिनुहोस


↑