बनेपा / बनेपा नगरपालिका वडा नं १० स्थित नाईटिंगेल एकेडेमीमा शुक्रबारबाट यस बर्षको खेलकुद सप्ताह शुरु भएको छ ।
शनिवार सम्म चल्ने प्रतियोगितामा विभिन्न विधाका खेलहरु समावेश छन् ।
विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि खेलकुदको ठुलो महत्व रहने कुरालाई मध्यनजर गर्दै खेलकुद सप्ताहको आयोजना गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष रत्नकुश रञ्जितकारले बताए ।
विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व क्षमता तथा खेलभावनाको विकास गर्ने उद्देश्यले यस प्रकारका अतिरिक्त क्रियाकलापहरू आयोजना गरिएको प्रिन्सिपल उमा वस्नेतले जानकारी दिइन् । खेलकुद सप्ताहले विद्यार्थीहरूमा थप उत्साह, प्रेरणा र हौसला प्रदान गर्ने विश्वास विद्यालयको छ ।
शुक्रवार नीजि तथा आवासीय विद्यालय अर्गनाइजेनसन नेपाल (प्याब्सन) का उपमहासचिव भिमसेन के.सी.ले उद्दघाटन गर्दै यस्ता कृयाकलापले विद्यार्थीमा उत्साह थपिने तर्क गरे ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले विभिन्न कौशल प्रदर्शन गरेका थिए ।






प्रतिक्रिया दिनुहोस