कोरोनाको कहर : कोलम्बियाको जेलमा झडप, कम्तिमा २३ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७६ चैत्र १०, सोमबार मा प्रकाशित ४२१ पटक पढिएको
कोरोनाको कहर : कोलम्बियाको जेलमा झडप, कम्तिमा २३ जनाको मृत्यु

चैत १०, एजेन्सी । कोलम्बियाको राजधानी बोगोटामा रहेको रहेको जेलमा झडप हुँदा कम्तिमा २३ जनाको मृत्यु भएको छ।

बोगोटाको सबैभन्दा ठूलो मध्येको एक जेलमा कोरोना भाइरसको संक्रमण फैलिने डरका कारण उत्पन तनावकाबिच कैदी भाग्ने प्रयास गर्दा झडप भएको हो ।

ला मोडेलो जेलमा भएको झडपमा ८३ जना कैदी घाइते भएको कोलम्बियाको न्याय मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसको संक्रमण फैलिएका बेला पनि जेलमा क्षमता भन्दा बढी कैदी रहेको तथा स्वास्थ्य सेवा अति नाजुक रहेको भन्दै कैदी बन्दीले आइतबार देशभरका जेलमा प्रदर्शन गरेका थिए। सोही क्रममा ला मोडेलो जेलमा झडप भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । कैदीले कोरोना भाइरसको भयकाबिच आफूहरुलाई उपयुक्त स्वास्थ्य सेवा प्रदान नभएको विरोधमा प्रदर्शन गरेको बताए पनि न्याय मन्त्रालयले भने कैदीहरु यो मौका छोपेर भाग्न चाहेको दाबी गरेको छ ।


प्रतिक्रिया दिनुहोस