१५ दिन पनि नबित्दै आयल निगमले फेरि बढायो पेट्रोल डिजलको भाउ

नौलो समाचार संवाददाता
२०७७ भाद्र १, सोमबार मा प्रकाशित ११३० पटक पढिएको

१५ दिन पनि नबित्दै आयल निगमले फेरि बढायो पेट्रोल डिजलको भाउ

भदाै १, काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढाएको छ।

निगमले आज राति १२ बजेबाट लागू हुने गरी मूल्य एक/एक रुपैयाँ बढाएको हो।

अब पेट्रोलको दाम १०५ रुपैयाँ २५ पैसा पुगेको छ।

गत साउन १८ गते मात्रै निगमले पेट्रोल, डिजलको भाउ प्रति लिटर २ रुपैयाँले बढाएको थियो।

अब डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रति लिटर पुगेको छ।

निगमले खाना पकाउने ग्यासको मूल्य भने चलाएको छैन।






प्रतिक्रिया दिनुहोस