पनौती नगरपालिकाले सुरु गर्यो मानसिक समस्या भएका विरामीहरुको निःशुल्क परीक्षण

नौलो समाचार संवाददाता
२०७७ माघ ३०, शुक्रबार मा प्रकाशित ७७४ पटक पढिएको

पनौती नगरपालिकाले सुरु गर्यो मानसिक समस्या भएका विरामीहरुको निःशुल्क परीक्षण

माघ ३०, काभ्रे। काभ्रेको पनौती नगरपालिकाले मानसिक स्वास्थ्य समस्या भएका विरामीहरुको निःशुल्क परीक्षण गर्न सुरु गरेको छ ।

नगरपालिकाले विरामीहरुका लागि निःशुल्क परीक्षण परामर्श र औषधि समेत बितरण गर्न थालेको पालिकाको स्वास्थ्य शाखाका प्रमुख परुषोतम तिमल्सीनाले बताउनुभयो ।

वरिष्ठ मनोचिकित्सक डा.अनन्त अधिकारी सँगको समन्वयमा मानसिक स्वास्थ्य क्लिनिक सञ्चालन गरिएको हो ।

हरेक महिनाको दोश्रो शनिवार पनौती स्वास्थ्य चौकीमा र अन्तिम बिहीबार कुशादेवी स्वास्थ्य चौकीमा मानसिक स्वास्थ्य समस्या भएका विरामीहरुको परीक्षण,परामर्श र औषधि वितरण गर्न सुरु गरिएको शाखाका प्रमुख तिमल्सीनाले बताउनुभयो ।

विरामीहरुको परीक्षण र औषधि बितरणको पहिलो दिन कुशादेवी स्वास्थ्य चौकीबाट ९२ जना लाई सेवा प्रदान गरिएको बताईएको छ






प्रतिक्रिया दिनुहोस