दोस्रो चरणकाे खाेप: काभ्रेमा आज २ सय ९२ जनाले खोप लगाए

नौलो समाचार संवाददाता
२०७७ फागुन २, आईतबार मा प्रकाशित ८२५ पटक पढिएको

दोस्रो चरणकाे खाेप: काभ्रेमा आज २ सय ९२ जनाले खोप लगाए

फागुन २, काभ्रे। कोरोना विरुद्धको दोस्रो चरणको खोप कार्यक्रम आजबाट देशभर सुरु भएको छ । त्यस्तै काभ्रेमा पनि कोरोना विरुद्धको दोस्रो चरणको खोप कार्यक्रम सञ्चालन भएको छ । दोस्रो चरणको लक्षित समूहका २ सय ९२ जनाले आज कोरोना विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

दोस्रो चरणको खोप कार्यक्रममा लक्षित समूह अन्र्तगतका पहिलो चरणमा छुट भएका स्वास्थ्य मातहातका व्यक्तिहरु ४१ जना, स्थानीय पालिका जनप्रतिनिधि तथा अन्य कर्मचारी ४९ जना, निजि सेवाका कर्मचारीहरु ५५ जना, जनपथ प्रहरी ८३ जना, खोप केन्द्रमा खटिएका सशस्त्र प्रहरी २४ जना, बैंक तथा वित्तिय संस्थाका कर्मचारी ६ जना, प्राधिकरण तथा संस्थानमा कार्यरत कर्मचारी २ जना र ३२ जना पत्रकार गरी आज २ सय ९२ जनाले कोरोना विरुद्धको खोप लगाएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार कोरोना खोपका लागि अनुमित पाएको जिल्लाको धुलिखेल अस्पताल र मेथिनकोट अस्पालमा कोरोना विरुद्धको खोपको दोस्रो चरणको कार्यक्रम सञ्चालन भइरहेको छ । यस अघि जिल्लामा पहिलो चरणको कोरोना विरुद्धको खोप कार्यक्रममा ३४ सय ९४ जनाले खोप लगाइसकेको कार्यालयको जानकारी छ ।






प्रतिक्रिया दिनुहोस