सुन भाउ तोलामा ५०० बढ्यो

नौलो समाचार संवाददाता
२०७७ फागुन २३, आईतबार मा प्रकाशित ७९५ पटक पढिएको
सुन भाउ तोलामा ५०० बढ्यो

फागुन २३, काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य पुनः उकालो लागेको छ। अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा ५०० ले वृद्धि भएको हो।

मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा ८६ हजार १०० मूल्य निर्धारण भएको छ। छापावाला सुन तोलामा शुक्रबार ८५ हजार ६०० मा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन पनि तोलामा रु ५०० ले नै उकालो लागेको छ। तोलामा ८५ हजार १५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने ८५ हजार ६५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी तोलामा एक हजार २५० मा कारोवार हुनेछ।


प्रतिक्रिया दिनुहोस