सिंगटी हाइड्रोको आइपीओमा सवा १६ लाखले दिए आवेदन

नौलो समाचार संवाददाता
२०७७ चैत्र १०, मंगलबार मा प्रकाशित ९८२ पटक पढिएको

सिंगटी हाइड्रोको आइपीओमा सवा १६ लाखले दिए आवेदन

चैत १०, काठमाडौँ । सिंगटी हाइड्रो इनर्जीको आइपीओमा २ अर्ब ४७ करोड २० लाख ४५ हजार रुपैयाँको आवेदन परेको छ । सीडीएसका अनुसार १६ लाख २३ हजार ४५० जना आवेदकले २ करोड ४७ लाख २० हजार ४५० कित्ताको लागि आवेदन दिएका छन् ।

कम्पनीले चैत ६ गतेबाट प्रति कित्ता सय रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा ५८ हजार कम्पनीका कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो ।

२६ लाख ४० हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आजसम्म आवेदन दिएका छन् । यसको बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस