कोरोना महामारीमा निगमले बढायो इन्धनको मूल्य

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २, आईतबार मा प्रकाशित ११५९ पटक पढिएको

कोरोना महामारीमा निगमले बढायो इन्धनको मूल्य

जेठ २, काठमाडौं। कोरोना कहरबीच नेपाल आयल निगमले आइतबार पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेलरमट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाइएको हो ।

अब पेट्रोल १ सय २३, डिजेलरमट्टितेल १ सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर उपभोक्ताले तिर्नुपर्ने छ ।

निगमले एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखेको प्रवक्ता विनितमणि उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मूल्यवृद्धि गरेको अवस्थामा समेत निगमलाई प्रतिलिटर पेट्रोल ८ रुपैयाँ ५६ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको दाबी गरिएको छ ।






प्रतिक्रिया दिनुहोस