अमेरिकाले उपलब्ध गराउने १५ लाख खोप सोमबार काठमाडौं आइपुग्ने, एक डोज मात्र लगाए पुग्ने

नौलो समाचार संवाददाता
२०७८ अषाढ २६, शनिबार मा प्रकाशित ९४४ पटक पढिएको
अमेरिकाले उपलब्ध गराउने १५ लाख खोप सोमबार काठमाडौं आइपुग्ने, एक डोज मात्र लगाए पुग्ने

असार २६, काठमाडौं। अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत नेपाललाई उपलब्ध गराउन लागेको कोभिड-१९ विरुद्धको खोप २८ गते सोमबार काठमाडौं आइपुग्ने भएको छ।

अमेरिकाले अनुदानस्वरूप उपलब्ध गरएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप सोमबार बिहान काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो।

शनिबार दिउँसो फेसबुकमार्फत डा. भट्टराईले खोप उपलब्ध गराउन लागेको अमेरिकी सरकार र पहलकर्ताहरूलाई धन्यवाद दिनुभएको छ। साथै उहाँले थप खोप ल्याउने पहलमा सरकार निरन्तर लागिरहेको पनि जानकारी गराउनुभएको छ। जोन्सन एण्ड जोन्सन एक डोज मात्र लगाए हुने खोप हो।

उता, चीनबाट खरिद गरिएको भेरोसेल खोपको आठ लाख डोज शुक्रबार बिहान नेपाल आइपुगेको छ। सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज भेरोसेल खोप खरिदको सम्झौता गरे अनुसार पहिलो खेप खोप नेपाल आएको हो।

प्रतिक्रिया दिनुहोस