देशका धेरै ठाउँमा आज दिनभर पानी पर्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नौलो समाचार संवाददाता
२०७८ अषाढ २७, आईतबार मा प्रकाशित ७३८ पटक पढिएको
देशका धेरै ठाउँमा आज दिनभर पानी पर्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

असार २७, काठमाडौँ। देशका धेरै ठाउँमा पानी परिरहेको छ । प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभरि नै धेरै ठाउँमा पानी पर्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

हिजो बेलुकादेखि मनसुन थप सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको हो । आउँदो तीन दिनसम्म नै मनसुन सक्रिय रहने महाशाखाको अनुमान छ ।

अहिले ठूलो पानी परेका क्षेत्र प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमको मध्यपहाडी तथा चुरे भइ बहने स–साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस