सुनको मूल्य तोलामा १५ सयले घट्यो

नौलो समाचार संवाददाता
२०७८ श्रावण २४, आईतबार मा प्रकाशित ५७८ पटक पढिएको

सुनको मूल्य तोलामा १५ सयले घट्यो

साउन २४, काठमाडौं। सुनको मूल्य आज (आइतबार) एकै पटक तोलामा १५ सय रुपैयाँले घटेको छ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आज (आइतबार) स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १५ सयले घटेर ९० हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार पनि ५ सयले ओरालो लागेर ९१ हजार ५ सयमा कारोबार भएको थियो । यस दिन चाँदीको भाउ पनि एकै पटक तोलामा २५ रुपैयाँले कमी आएर १२ सय ४० मा कारोबार भैरहेको महासंघले जनाएको छ ।

शुक्रबार १० रुपैयाँले घटेर १२ सय ६५ मा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस