नेतृत्वको कार्यशैलीको आलोचना गर्दै वामदेव गौतमद्वारा एमाले परित्याग

नौलो समाचार संवाददाता
२०७८ भाद्र १८, शुक्रबार मा प्रकाशित ३६० पटक पढिएको
नेतृत्वको कार्यशैलीको आलोचना गर्दै वामदेव गौतमद्वारा एमाले परित्याग

भदौ १८, काठमाडौँ। एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ। उहाँले आज शुक्रबार गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाउनुभएको हो।

एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी गौतमले पार्टी छोडु भएको हो। उहाँ एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट रहनु भएको थियो।

राजीनामा पत्रमा एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गरिएको छ। राजीनामा पत्र बुझाउँदै गौतमले एमालेका नेताहरुसँग व्यक्तिगत सम्बन्ध रहे पनि राजनीतिक रुपमा एमालेमा अब रहन नसक्ने बताएको कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस