मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

नौलो समाचार संवाददाता
२०७८ भाद्र २०, आईतबार मा प्रकाशित ६८६ पटक पढिएको

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

भदौ २०, काठमाडौं। गृह मन्‍त्रालयले मित्र राष्‍ट्रविरुद्ध कुनै पनि गतिविध नगर्न अनुराेध गरेकाे छ। आज एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले मित्रराष्‍टका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविध नगर्न अनुराेध गरेको हो।

पछिल्लो समय भारत र अमेरिका विरोधी गतिविधि बढिरहेको छ। जयसिंह धामीको मृत्यु प्रकरण र एमसीसीको विरोधमा प्रदर्शन भइरहेका छन्। त्यसैलाई बचाउ गर्दै गृहले विज्ञप्ति जारी गरेको हो।

मन्त्रालयले यस्ता गतिविधिमा संलग्न भइ कानुन हातमा लिने प्रयास गरे कारबाही गर्ने चेतावनी समेत दिएको छ।

मन्‍त्रालयले शुक्रबार पनि यस्तै प्रकृतिको विज्ञप्ति जारी गरेको थियो। शुक्रबार कुनै पनि विदेशी परियोजना र राष्‍ट्रविरुद्ध गतिविधि गरे र अभिव्यक्ति दिए कारबाही गर्ने चेतावनी दिएको थियो।






प्रतिक्रिया दिनुहोस