ओरालो लाग्दै कोरोना: १६ हजार ५३९ जनाको परीक्षणमा १ हजार ४८६ जनामा संक्रमण

१६ जनाको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ भाद्र २८, सोमबार मा प्रकाशित ३८६ पटक पढिएको
ओरालो लाग्दै कोरोना: १६ हजार ५३९ जनाको परीक्षणमा १ हजार ४८६ जनामा संक्रमण

भदौ २८, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर एक हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५३९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर १ हजार २६० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा १६ एक जना संक्रमितको मृत्यु भएको छ।

देशभर २६ हजार ६३० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २४ हजार ९५८ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ६७२ संक्रमित छन् भने ४७५ जना आइसियुमा र १३४ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।


प्रतिक्रिया दिनुहोस