जिल्ला प्रशासन कार्यालय काभ्रेले आइतबारदेखि दैनिक सेवा दिने

नौलो समाचार संवाददाता
२०७८ आश्विन ५, मंगलबार मा प्रकाशित १४४९ पटक पढिएको
जिल्ला प्रशासन कार्यालय काभ्रेले आइतबारदेखि दैनिक सेवा दिने

असोज ५, काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेले आउँदो आइतबारदेखि सबै स्थानीय तहका नागरिकलाई दैनिक सेवा प्रदान गर्ने भएको छ। असोज १० गते अईताबारबाट जिल्ला प्रशासन दैनिक खुल्ने सूचनामा जनाईएको छ।

कार्यालयले विश्वव्यापीरूपमा फैलिएको कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेध आदेशको पालना गर्ने क्रममा भीडभाड कम गर्न स्थानीय तहमा अनुसार सेवामा पालो-प्रणाली लागू गर्दै आएको थियो।

कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएकाले आउँदो आइतबारदेखि पालो-प्रणाली हटाई दैनिक सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो।

सेवा लिन आउदा कार्यालयमा भीडभाड नगरी सेवाग्राहीले स्वास्थ्य, सुरक्षाका मापदण्ड पालना गर्न सूचना भनिएको छ।

 

प्रतिक्रिया दिनुहोस