पनौती नगरपालिकाले कुकुरको निःशुल्क बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाउने

नौलो समाचार संवाददाता
२०७८ आश्विन ११, सोमबार मा प्रकाशित ७८३ पटक पढिएको

पनौती नगरपालिकाले कुकुरको निःशुल्क बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाउने

असोज ११, काभ्रे। विश्व रेबिज दिवसको अवसरमा काभ्रेको पनौती नगरपालिकाले कुकुरको निःशुल्क बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाउने भएको छ।

हरेक सेप्टेम्बर २७ तारिखमा मनाइने विश्व रेबिज दिवसको अवसरमा नगरपालिकाले भोलि असोज १२ गतेदेखि १८ गतेसम्म सामुदायिक तथा छाडा कुकुरलाई निःशुल्क बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाउने भएको हो।

पनौती नगरपालिका कृषि तथा पशुपंछी शाखाको आयोजनामा नेपाल अनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोग र रोटरी क्लब अफ पनौतीको सहकार्यमा कार्यक्रम हुन लागेको कृषि तथा पशुपंछी शाखा प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिनुभयो।

कुकुरलाई निःशुल्क बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप पनौती नगरपालिकाको कृषि तथा पशुपंछी शाखामा लगाईने प्रमुख सापकोटाले जानकारी दिनुभयो।

उक्त कार्यक्रम सफल पार्न स्थानीय नगरबासीलाई सहयोग गर्न नगरपालिकाले आग्रह गरेको छ।






प्रतिक्रिया दिनुहोस