आज सुन एकै दिन तोलाको ८०० घट्यो

नौलो समाचार संवाददाता
२०७६ फागुन २९, बिहिबार मा प्रकाशित ४९२ पटक पढिएको
आज सुन एकै दिन तोलाको ८०० घट्यो

फागुन २९, काठमाडौं । आज एकै दिन सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ । बुधबार तोलाको ४ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि प्रतितोला ८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला ८१ हजार ५ सय तथा तेजावी सुन ८१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला ८२ हजार ३ सय तथा तेजावी सुन ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज नेपाली बजारमा सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ।

बुधबार चाँदी ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो

प्रतिक्रिया दिनुहोस