सुनको भाउ एक हजार रुपैयाँले बढ्यो

नौलो समाचार संवाददाता
२०७६ चैत्र ५, बुधबार मा प्रकाशित ४३२ पटक पढिएको
सुनको भाउ एक हजार रुपैयाँले बढ्यो

चैत ५, काठमाण्डौ  । सुनको भाउ आज बुधबार तोलामा एक हजार रुपैयाँले बढेको छ ।

सुन बुधबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!