सुनको मूल्य १५ सयले घट्यो

नौलो समाचार संवाददाता
२०७६ चैत्र ६, बिहिबार मा प्रकाशित ६१४ पटक पढिएको

सुनको मूल्य १५ सयले घट्यो

चैत ६, काठमाडौं । सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज आज बिहीबार छापावाला सुनको मूल्य ७५ हजार तोकेको छ । हिजो बुधबार छापावाला सुन प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य पनि तोलामा १ हजार ५ सयले घटेर ७५ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो बुधबार सुनको मूल्य तोलामा २ हजारले घटेको थियो ।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ७१० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३० रुपैयाँले घटेर ६८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस