डलरको भाउ अहिलेसम्मकै महँगो, विदेशबाट पैसा पठाउँदा फाइदा

नौलो समाचार संवाददाता
२०७६ चैत्र ७, शुक्रबार मा प्रकाशित ६३४ पटक पढिएको
डलरको भाउ अहिलेसम्मकै महँगो, विदेशबाट पैसा पठाउँदा फाइदा

चैत ७, काठमाण्डौ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा छ । हिजो डलर एककोे खरिददर ११८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ११ पैसा रहेको थियो । कोरोनाको सङ्क्रमण विश्वभर फैलंदा त्यसकै असरले डलरको भाउ पनि बढेको हो ।

अहिले डलरको भाउ बढ्दा अरु विदेशी मुद्राको भाउ पनि बढेको छ । वैदेशिक रोजगारीमा जानुभएको छ भने यो घरमा पैसा पठाउने सही समय भएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बताउनुभयो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा थियो ।

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको थियो ।

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३१२ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो खरिददर ३१० रुपैयाँ ३४ पैसा तोकेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २५ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३८४ रुपैयाँ १३ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ०६ पैसा तोकेको छ । हिजो खरिददर ३८२ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ०५ पैसा तोकिएको थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३१६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१८ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो खरिददर ३१३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ४४ पैसा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस