सुनचाँदीको भाउ बढ्यो

नौलो समाचार संवाददाता
२०७६ चैत्र ७, शुक्रबार मा प्रकाशित ५९३ पटक पढिएको
सुनचाँदीको भाउ बढ्यो

चैत ७, काठमाण्डौ । सुनको भाउ आज (शुक्रबार) तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ७५ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो (बिहीबार) १५ सय रुपैयाँ घटेर सुन तोलाको ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस