सुनको मुल्यमा सामान्य बृद्वि

नौलो समाचार संवाददाता
२०७६ चैत्र १०, सोमबार मा प्रकाशित ५९२ पटक पढिएको
सुनको मुल्यमा सामान्य बृद्वि

चैत १०, काठमाडौँ– साताको दोस्रो दिन अाज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे (आइतबार) ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ७७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ७६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य ७६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस