ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको अभियोगमा शङ्कर ग्रुपका अग्रवाल पक्राउ

नौलो समाचार संवाददाता
२०७६ चैत्र २५, मंगलबार मा प्रकाशित ७२१ पटक पढिएको

ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको अभियोगमा शङ्कर ग्रुपका अग्रवाल पक्राउ

चैत २५, भक्तपुर । सङ्कटको समयमा व्यापारीले कसरी नाफा कमाउन खोज्दा रहेछन् भन्ने कुराको पुष्टि भएको छ ।

नेपाल प्रहरीले आज (मंगलबार) ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको अभियोगमा शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुुसन्धान महाशाखाका प्रमुख सहकुल थापाका अनुसार व्यापारी अग्रवाललाई थर्मल गनमा कालोबजारी गरेको अभियोगमा पक्राउ गरिएको हो ।

रु। पाँच हजार पर्ने सो उपकरणलाई रु। १५ हजारमा बिक्री गर्न लागेको पाइएको छ । प्रहरीले ६७ थान ‘थर्मल गन’सहित अग्रवाललाई निणन्त्रणमा लिएको हो ।

एक मुलुकका अवैतनिक महावाणिज्यदूतसमेत रहेका अग्रवालले कूटनीतिक नियोगको सवारीसाधन दुरुपयोग गरेकोसमेत पाइएको छ । प्रहरी अग्रवालमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस