‘लकडाउन’ अवज्ञा : मृत्यु निम्त्याइरहेका यी अटेरीहरू

नौलो समाचार संवाददाता
२०७६ चैत्र २६, बुधबार मा प्रकाशित १०६१ पटक पढिएको
‘लकडाउन’ अवज्ञा : मृत्यु निम्त्याइरहेका यी अटेरीहरू

चैत २६, काठमाडौं । नेपालमा पनि यतिखेर संक्रमित भेटिने क्रम जारी छ। विदेशमा रहेका झण्डै एकदर्जन नेपालीको कोरोना संक्रमणकै कारण ज्यान गइसकेको छ। लगातार तेस्रो साता लकडाउन कार्यान्वयन भइरहँदा अधिकांश मानिसहरू अत्यावश्यक काम पर्दा बाहेक घरभित्रै बसिरहेका छन्‌।

लकडाउन अर्थात आपतकालिन स्थितिमा जहाँ बसिएको छ स् त्यही बस्ने भन्ने हो। यस्तो बेलामा भीडभाड र हुलबाट टाढा बस्नु, अत्यावश्यक बाहेकका काममा मनलाग्दी निस्कनु भनेको जोखिमलाई सुपाडी दिएर निम्तो गर्नुजस्तै हो। संसारभर मानवीय हताहति बढ्दै जाँदा मानिसहरु थप सगज हुनुपर्ने हो।

तर लकडाउनको दिनहुँजसो संघीय राजधानी काठमाडौंमै केही मानिसहरूले लकडाउनको प्रवाह नगरी तमासा देखाइरहेका छन्‌।

शुरूवाती चरणमा प्रभावकारी देखिएको लकडाउन समयक्रमसँगै फितलो बन्दै गएको छ। बाटोमा बसेर गफ गर्ने, पत्रिका पढ्ने, विभिन्न वहाना बनाई घुमघाम गर्ने र सुरक्षाकर्मीलाई नै अटेर गर्ने दृश्यहरु देखिएका छन्‌।

प्रतिक्रिया दिनुहोस