आज ह्वात्तै बढ्यो अमेरिकी डलरसहित सबै देशको भाउ(कुन देशको कति?)

नौलो समाचार संवाददाता
२०७६ चैत्र २७, बिहिबार मा प्रकाशित २७७ पटक पढिएको
आज ह्वात्तै बढ्यो अमेरिकी डलरसहित सबै देशको भाउ(कुन देशको कति?)
money series: different country money banknotes texture

चैत २७, काठमाडौँ । आज चैत २७ गते (बिहीबार) अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर ह्वात्तै बढेको छ। विश्वभर कोरोना भाइरसको महामारी बढिरहेका बेला विदेशी मुद्राको विनिमयदरमा पनि निकै उतारचढाब आइरहेको हो ।

आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ९० पैसा तथा बिक्रिदर १ सय २२ रुपैयाँ ५० पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३२ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ २४ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५० रुपैयाँ ७२ पैसा र बिक्रिदर १ सय ५१ पैयाँ ४६ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५९ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ६४२ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १९ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ २ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ९१ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर ३ सय ९३ रुपैयाँ ८९ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय २३ रुपैयाँ ३० पैसा तथा बिक्रिदर ३ सय २४ रुपैयाँ ८९ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!