हराएको भेडासँग सात वर्षपछि पुनर्मिलन

नौलो समाचार संवाददाता
२०७७ बैशाख १३, शनिबार मा प्रकाशित ५२३ पटक पढिएको
हराएको भेडासँग सात वर्षपछि पुनर्मिलन

बैशाख १३, एजेन्सी । अस्ट्रेलियामा हराएको सात वर्षपछि एउटा भेडा फेला परेको छ । सन् २०१३ मा अस्ट्रेलियाको तास्मानिया आइल्याण्डमा डढेलो फैलियो । सो डढेलोका बेला स्थानीय फार्मको एउटा भेडा हरायो ।

फार्मका सञ्चालकले खोजे फेला पारेनन् र मर्‍यो वा बेपत्ता भयो भनेर माया मारे । तर सात वर्षपछि गएको हप्ता सो भेडा फेला परेको हो । कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि सबै आइसोलेसनमा रहेका बेला प्रिकल्स नाम गरेको पोथी भेडा सात वर्षको आइसोलेसशनपछि फार्म फर्किएको हो ।

आइसोलेसनको समयमा परेको छोराको छैटौँ जन्मदिन बारबिक्यु गरेर बनाइरहेका बेला एलिसी ग्रेले सात वर्षअघि बेपत्ता भएको भेडालाई फेला पारेकी हुन् । भेडा ऊन नकाटिएका कारण निकै ठूलो भएको थियो, चिन्नै नसकिने गरी । तर उनीहरुले आफ्नो बेपत्ता भएको भेडा चिने ।

प्रिकल्सलाई एलिसीका श्रीमानले अरुमानिसको सहयोगमा समातेर फार्ममा राखे । अहिले सो भेडा फार्ममा रमाइरहेको छ । प्रिकल्सको ऊन कोरोना भाइरसका कारण प्रभावित भएका शरणार्थीहरुको सहयोगका लागि सहयोग उठाउनका लागि प्रयोग गरिने एलिसीले बताएकी छन् ।

कोरोना भाइरसको संकटका बेला सबैभन्दा बढी जोखिम र संकटमा शरणार्थी रहने र एक तरिकाले प्रिकल्स पनि सात वर्ष शरणार्थी जीवन बिताएर फर्किएकाले उनको ऊन शरणार्थीको सहयोगका लागि उपयोग गर्ने योजना बनाएको एलिसीले बताइन् ।

प्रतिक्रिया दिनुहोस