सम्पत्ति शुद्धीकरण विभागले व्यवसायी सुलभ अग्रवाललाई तारेखमा छाड्यो

नौलो समाचार संवाददाता
२०७७ बैशाख १८, बिहिबार मा प्रकाशित ७६९ पटक पढिएको
सम्पत्ति शुद्धीकरण विभागले व्यवसायी सुलभ अग्रवाललाई तारेखमा छाड्यो

बैशाख १८, काठमाडौं । ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गर्दागर्दै पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाडेको छ ।

उनलाई आज जिल्ला अदालत काठमाडौँले २५ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएपछि पुन अदालत परिसरबाटै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पक्राउ गरेको थियो । तर उनीसँग कार्यालय समयपछि पनि बयान लिएर अाजै राती ८ बजे छोडिएको छ ।

विभागले उनीसँग बयान लिएको र, लकडाउनपछि अनुसन्धान गर्ने गरी छाडेको जनाईएको छ । अग्रवाल गत चैत २५ गते थर्मल गन कालोबजारीको आरोपमा काठमाडौंको नक्सालबाट पक्राउ परेका थिए ।

विभाग स्रोतका अनुसार सुलभ अग्रवालका भाइ साहिल अग्रवालले बुधबार नै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका उपसचिव विनोद लामिछानेसँग सेटिङ मिलाइसकेकाले कार्यालय समयपछि पनि बयान लिएर आजै राति छाडिएको स्रोतलाई उदृत गर्दै केही सञ्चार माध्यमले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस