रुपन्देहीमा एक युवकले गरे पाँच जनाको हत्या, युवक प्रहरी नियन्त्रणमा

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २७, मंगलबार मा प्रकाशित ६२६ पटक पढिएको
रुपन्देहीमा एक युवकले गरे पाँच जनाको हत्या, युवक प्रहरी नियन्त्रणमा

जेठ २७, बुटवल । रूपन्देहीमा पाँचजनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा पाँचजनाको हत्या भएको हो ।

स्थानीय कृष्ण पुनको भैँसी फर्ममा काम गर्ने सुर्खेतका धसेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने पाँच अन्य कामदारको हत्या गरी फरार भएको प्रारम्भिक जानकारी आएको प्रहरीले बताएको छ । फरार भएका हत्या आराेपी सिंजालीलाई प्रहरीले मंगलबार बिहान तिलोत्तमा–१० बाट पक्राउ गरेकाे छ ।

मृतकहरु को–को हुन् भन्ने खुलेको छैन । गोठमा काम गर्ने पाँचजनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खड्ग हादुर खत्रीका अनुसार प्रहरी अहिले घटनास्थल जाँदै छ।

प्रतिक्रिया दिनुहोस