यि हुन्, बुहारीको क्रूर हत्या गर्ने ससुरा, सासु र नन्द

नौलो समाचार संवाददाता
२०७७ अषाढ १५, सोमबार मा प्रकाशित १४५७ पटक पढिएको
यि हुन्, बुहारीको क्रूर हत्या गर्ने ससुरा, सासु र नन्द

असार १५, हेटौंडा । बुहारीको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ४ जनालाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मलेन गरी ५८ वर्षिय ससुरा प्रकास थापा, ५५ वर्षिय सासु तुलशा थापा र नन्दहरु २७ वर्षिया दुर्गा थापा र २३ वर्षिया सिता थापालाई सार्वजनिक गरेको हो ।

घरायसी विवादका साथै मानसिक यातना, यौनजन्य कारण र आर्थिक कुरा हत्याको कारण रहेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक शुसिल सिंह राठोरले जानकारी दिनुभयो ।

सुसुरा प्रकाश र नन्द सितालाई हत्या गरेको आरोप लागेको छ भने सासु तुलसा र नन्द दुर्गालाई हत्यामा सहयोगी भूमिका खेलेको आरोप लागेको छ ।

गत असार २ गते हेटौंडा उपमहानगरपालिका स्थित सूर्यचोकमा २४ वर्षिया सुस्मिता केसी हत्या भएको थियो ।

घर परिवारले काठको लौरो र ढुङ्गा प्रहार गरी बुहारीको हत्या गरी आत्महत्या गरेको भन्दै प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस