टीभीएसको नयाँ मोडल सार्वजनिक हुँदै, मूल्य २ लाख ७२ हजार

नौलो समाचार संवाददाता
२०७७ श्रावण १३, मंगलबार मा प्रकाशित ५३६ पटक पढिएको
टीभीएसको नयाँ मोडल सार्वजनिक हुँदै, मूल्य २ लाख ७२ हजार

साउन १३,काठमाडौं । टीभीएस अपाचे आरटीआर १६० फोर भीको नयाँ सस्करण नेपाल आउने भएको छ । कम्पनीले साउन ८ गते सार्वजनिक गरेको नयाँ मूल्यसूचीमा कम्पनीले नयाँ मोटरसाइकलको मूल्य समावेश गरेको हो ।

कम्पनीका अनुसार अपाचे आरटीआर १६० फोर ४ को सिगंल डिस्क भर्सन नेपालमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । नयाँ मूल्यसूचीमा कम्पनीले यो मोटरसाइकल समावेश गरे पश्चात् नेपालमा छिट्टै नै सार्वजनिक हुने अनुमान सुरु भएको छ ।

यसअघि अपाचे आरटीआर १६० फोर भीको डबल डिस्क भर्सन मात्र बिक्री हुँदै आएको थियो । हाल उपलब्ध डबल डिस्क भेरियन्टको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको छ भने, नयाँ आउने सिगंल डिस्क भर्सनको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ तोकिएको छ ।

अबको केही दिनमा नेपालभर रहेको टीभीएसको शोरुममा यो मोटरसाइकल उपलब्ध हुने कम्पनी स्रोतले मेरोअटोलाई जानकारी दिएको छ ।

१६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ ।

पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ, जसले पावरफुल राइडिङको अनुभव प्रदान गर्नेछ । आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ ।


प्रतिक्रिया दिनुहोस