मकवानपुरमा भेटियो कान्तिपुरका बरिष्ठ पत्रकार बानियाँको शव

नौलो समाचार संवाददाता
२०७७ श्रावण २८, बुधबार मा प्रकाशित ८७८ पटक पढिएको
मकवानपुरमा भेटियो कान्तिपुरका बरिष्ठ पत्रकार बानियाँको शव

साउन २८, काठमाडौं। तीन दिनदेखि बेपत्ता कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँको शव फेला परेको छ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले मकवानपुरको सिस्नेरीस्थित बागमती किनारमा उनको शव फेला परेको जानकारी दिए।

बानियाँ सोमबारदेखि बेपत्ता थिए।

बानियाँको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ।

‘उनी तीन दिनदेखि परिवार साथीभाइ र कार्यालयमा सम्पर्कमा नरहेको भन्दै कान्तिपुर दैनिकले बुधबार बिहान उजुरी गरेको थियो’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार सिसिटिभी फुटेज र एक जना प्रहरीले सोमबा बानियाँलाई बल्खु चोकमा देखेका थिए।

प्रहरीले उनीसँग केहीबेर सोधपुछ गरेका थिए।र

तनुहँ स्थायी घर भएका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए। केही समय उनले नागरिक दैनिकमा पनि काम गरेका थिए।


प्रतिक्रिया दिनुहोस