गर्मी बढेपछि आन्तरिक उडानमा फेस शिल्ड दिन छाडियो, मास्क भने अनिवार्य लगाउनुपर्ने

नौलो समाचार संवाददाता
२०७७ फागुन २०, बिहिबार मा प्रकाशित ७४० पटक पढिएको
गर्मी बढेपछि आन्तरिक उडानमा फेस शिल्ड दिन छाडियो, मास्क भने अनिवार्य लगाउनुपर्ने

फागुन २०, काठमाडौ। आन्तरिक उडानमा फेस शिल्ड प्रयोग बन्द गरिएको छ। गर्मीयाम लागेपछि यात्रुलाई सहजता प्रदान गर्न वायुसेवा संचालक संघले फेस शिल्ड प्रयोग बन्द गरेको जनाएको छ।

फेस शिल्ड प्रयोग बन्द गरिएपनि मास्क प्रयोगमा भने अनिवार्य गरिएको संघका कोषाध्यक्ष एवं बुद्ध एयरका बजार तथा विक्री निर्देशक रुपेश जोशीले बताए। ‘अब गर्मी मौसम सुरु भएको छ। मास्क र फेस शिल्ड लगाउँदा यात्रुलाई असहज हुने भएकाले रोकेका हौं। भ्याक्सिन समेत सबैको पहुँचमा पुग्दैछ,’ उनले भने। यती एयरलाइन्स पनि फेस शिल्ड प्रयोग गर्न रोकेको छ।

‘हामीले सरकारले भने बमोजिम मास्क र यात्रु विवरणलाई निरन्तरता दिएका छौँ। तर गर्मी बढ्दै जाँदा फेस शिल्ड र मास्क दुबैको प्रयोगले असहजता हुने भएपछि फेस शिल्ड प्रयोगलाई बन्द गरेका हौँ,’ कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले भने। एयरलाइन्स कम्पनीले फेस शिल्डका लागि यात्रुसँग ५५ रुपैयाँ लिँदै आएको थियो।


प्रतिक्रिया दिनुहोस