बागमती प्रदेशमा एमालेका १२ सांसदले रोजे एकीकृत समाजवादी

नौलो समाचार संवाददाता
२०७८ भाद्र १५, मंगलबार मा प्रकाशित ४७३ पटक पढिएको
बागमती प्रदेशमा एमालेका १२ सांसदले रोजे एकीकृत समाजवादी

भदौ १५, काठमाडौं। बागमती प्रदेशमा नेकपा एमालेका १२ जना प्रदेश सभा सदस्य (सांसद)ले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्।

निर्वाचन आयोगले दल दर्ताको आधिकारिकता दिएपछि आज मंगलबारदेखि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न दिएको थियो।

आज एमालेका १२ सांसदले हेटौंडास्थित निर्वाचन आयोगको कार्यलयमा पुगेर नेकपा एकीकृत समाजवादी रोज्ने बताएका हुन्।

एमाले सांसदहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर, कुसुमकुमार कार्की र कृष्णप्रसाद शर्माले एकीकृत समाजवादी रोजेका हुन्।


प्रतिक्रिया दिनुहोस