काभ्रेमा आज ३२ जना संक्रमित थपिए

४ हजार ६९९ जनाले खोप लगाए
नौलो समाचार संवाददाता
२०७८ भाद्र १५, मंगलबार मा प्रकाशित ४४७ पटक पढिएको
काभ्रेमा आज ३२ जना संक्रमित थपिए

भदौ १५, काभ्रे। काभ्रेमा आज ३५ जना नयाँ संक्रमित थपिएका छन्। आजै जिल्लाभर आज कुनै पनि संक्रमित डिस्चार्ज नभएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ४२३ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका ३२ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा १९ जना, धुलिखेलमा ७, पनौतीमा ४, भुम्लुमा १, चौरीदेउरालीमा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १४ हजार २०० पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

जिल्लाभर आज ४ हजार ६९९ जनाले कोरोना बिरुद्दको खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी २ लाख ३३ हजार ६९८ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस