१२ हजार २२२ नमुना परीक्षण गर्दा १ हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि

२० जना संक्रमितको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ भाद्र १५, मंगलबार मा प्रकाशित ३६३ पटक पढिएको
१२ हजार २२२ नमुना परीक्षण गर्दा १ हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि

भदौ १५, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर एक हजार २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २२२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १ हजार ६४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ११७ जनाको पिअिसार परीक्षण गर्दा १ हजार ५२३ र ३ हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा १४१ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर १ हजार ७८६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ।

देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३३ हजार २१४ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा दुई हजार ३७७ संक्रमित छन् भने ५३७ जना आइसियुमा र १६४ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।
देशभर ३२९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस