प्रज्ञा फिल्मस्को व्यानरमा टेलिचलचित्र ‘माया’ सार्वजनिक

नौलो समाचार संवाददाता
२०७९ अषाढ ३०, बिहिबार मा प्रकाशित १९२४ पटक पढिएको

प्रज्ञा फिल्मस्को व्यानरमा टेलिचलचित्र ‘माया’ सार्वजनिक

असार ३०, काठमाडौं। प्रज्ञा फिल्मस् को ब्यानरमा बनेको टेलिचलचित्र ‘माया’ सार्वजनिक भएको छ। जातिय भेदभावको कथावस्तुलाई समेटेर सिरियल बनाईको छ।

सामान्यतया हास्यव्यङ्गय र मनोञ्जनमा आधारित सिरियल त धेरै नै बनेका छन्। तर सामाजिक यथार्थतालाई चित्रण गरेको सिरियल कमनै हुन्छन्। त्यसैले सामाजिक यथार्थ बोकेको माया टेलिचलचित्र बनाईएको निर्मात्री प्रज्ञा जोशीले बताईन।

यो एउटा नितान्त पारिवारिक र सामाजिक यथार्थताको भाव बोकेको टेलिचलचित्र हो। साँचो प्रेम गर्नेहरुका लागी जातभातले रोक्नु हुन्न, विभेद अन्त्य हुनपर्छ भन्ने मुल सन्देश दिन खोजिएको माया टेलिचलत्रिका लेखक तथा निर्देशक सरोज दाहालले बताए।

टलिचलचित्रमा प्रज्ञा जोशी, रश्मी भट्ट, आरजे सिंह, सरोज दाहाल, रमेश अधिकारी, राजाराम गौतम, मुना भण्डारी, रबिना बस्ताकोटी, प्रीया वाइबा लगायतका कलाकारको अभिनय रहेको छ।

प्रज्ञा फिल्मस् अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको टेलिचलचित्र मायाको छायांकन तथा सम्पादन जोन चाम्लिङ राइ श्रृगार प्रीया नगरकोटी र पोष्ट प्रोडक्सन सिनेमाहबको रहेको छ।

भिडियो हेर्नुहोस:-






प्रतिक्रिया दिनुहोस


↑